काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ ।
सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ कार्तिक २०७८, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठकका १३ निर्णय : अर्थमन्त्रीलाई जर्जिया र निर्वाचन आयुक्तलाई कोरिया जान स्वीकृति
सिंहदरबारमा मन्त्रिपरिषद बैठक
सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु
उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत