दाङ । सल्यानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती राजमार्गको मुलपानीमा जिप दुर्घटना हुँदा स्यानको बागचौर नगरपालिका–१ थारमारेका १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका बस्नेतको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।
सन्यानको थारमारेबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको डबल क्यापजिप आइतबार कपुरकोट गाउँपालिका–३ मुलपानीमा दुर्घटना भएको हो ।दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये बबिता रावललाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । जिप तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ कार्तिक २०७८, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ४ घाइते
डोटीमा जिप दुर्घटना: एक जनाको मृत्यु, आठ घाइते
मादीमा जिप खस्दा मृत्यु भएका तीनै जनाको सनाखत
मकवानपुरको राक्सिराङमा जिप दुर्घटना, ९ जना घाइते
रोल्पामा जिप दुर्घटना, २ जना घाइते
ओखलढुङ्गामा जिप दुर्घटना, ३ जनाको मृत्यु