प्रधानन्यायाधीश राणालाई नेपाल बारको १५ दिने अल्टिमेटम

सफल खबर संवाददाता

शुक्रबार, ०५ कार्तिक २०७८, २० : ३६
प्रधानन्यायाधीश राणालाई नेपाल बारको १५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ ।

शुक्रबार बसेको नेपाल बारको बैठकले प्रधानन्याधीश चालेन्द्र शमशेर राणालाई आफ्नै पूर्वप्रतिबद्धता सम्झाउँदै १५ दिनभित्र ठोस तयारी थाल्न आग्रह गरेको हो ।

अदालतहरुमा स्वचालित प्रणालीबाट पेशी तोकिनु पर्ने र उक्त प्रणाली सुरु गर्न समय लाग्ने भएकाले तत्काल गोला प्रथा (राफल) प्रणालीको अबलम्बन गर्न सर्वोच्चले नै गठन गरेका अध्ययन समिति र बारले सुझाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस