काठमाडौं । वागमती प्रदेशसभाका प्रतिपक्षी दलका नेता एवं माओवादी सांसद शालिकराम जमरकट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा मागेका छन् । सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभालाई आफूखुसी चलाउन खोजेको भन्दै जमरकट्टेलले ढिलाइ गर्नुभन्दा मार्गप्रशस्त गर्नु नै मुख्यमन्त्रीको हितमा हुने चेतावनी दिएका हुन् ।
‘प्रदेशसभाबारे एउटा सहमति गरे पनि मुख्यमन्त्रीजीको पार्टीले अनेक बहाना गरेर मुठभेड निम्त्याउन खोजेको छ । मुख्यमन्त्रीले आफ्नो कुरा राखिसक्नुभयो अब राजीनामा दिनु नै उपयुक्त हुन्छ । विश्वासको मत लिन ढिलो भइसकेको छ । अझै निहुँ खोज्ने हो भने बहुमत लिएर प्रदेश प्रमुखकहाँ जान बाध्य हुनेछौ’, जमरकट्टेलले प्रदेशसभा बैठकमा भने ।
संविधान र लोकतन्त्र जोगाउन केन्द्रदेखि नै गठबन्धन बनेको भन्दै जमरकट्टेलले वागमतीमा नयाँ सरकार गठन गरेर राजनीतिक कोर्स सच्याइने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ कार्तिक २०७८, १७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने