कोरोना अपडेट : थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १६ : १४
कोरोना अपडेट : थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ पुगेको छ।

बिहीबार ७२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ हजार ३१५ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ६ हजार ५८६ पीसीआर तथा १९६३ एन्टिजेन परीक्षण भएको छ।