एमालेको स्थायी कमिटी बैठक सुरु

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १५ : ५८
एमालेको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ  । एमालेको स्थायी कमिटि बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो। बिहीबारको बैठकमा मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको दशौँ महाधिवेशनबारे छलफल जनाइएको छ।

महाधिवेशनका लागि गर्नुपर्ने तयारी, व्यवस्थापन र समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

बैठकमा महाधिवेशन स्थल परिवर्तनबारे पनि निर्णय हुन सक्नेछ। बुटवलमा गर्ने गरी तय भएको महाधिवेशन चितवनमा सार्ने विषयमा एमालेभित्र कुराकानी भइरहेको छ।

संभवत बिहीबारको बैठकले निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस