गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रकका चालक धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भएका ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले बताए ।
गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताए । आरुघाट बजारबाट धुन्चेततर्फ जाँदै गरेको बा५ख १२३१ नम्बरको मिनीट्रक माँझगाउँमा अनियन्त्रित भएर सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरी निरीक्षक थापाको भनाइ छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएको उनले जानकारी दिए ।
घाइते हुनेमा आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय राजकुमार गुरुङ र तीन वर्षीया बालिका दिव्या गुरुङ रहेका छन् । उनीहरुको पनि आरुघाट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । घाइते दिव्याको अवस्था गम्भीर भएकाले थप उपचारका लािग अन्यत्र पठाउने तयारी भइरहेको स्वास्थ्यचौकीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ कार्तिक २०७८, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु