ईङवा हाइड्रोपावरको शेयर निष्कासनको जिम्मा नेपाल एसबिआईलाई

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, १८ : ३६
ईङवा हाइड्रोपावरको शेयर निष्कासनको जिम्मा नेपाल एसबिआईलाई

काठमाडौँ । ईङवा हाइड्रोपावर लिमिटेडको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन तथा बिक्रीको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले पाएको छ ।  प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९,६०,००० कित्ता शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट नियुक्त भएको हो । 

ईङवा हाइड्रोपावरको कार्यालय थापाथलीमा आयोजित एक समारोहबिच मर्चेण्टका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवाको तर्फबाट सञ्चालकसतिश न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस