धनकुटा । अविरल वर्षासंगै धनकुटामा पहिरो खस्दा ६ जनाको मृत्यु भएको छ । जिल्लाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । सो पहिरोमा परि ६ जना घाइते छन् ।
मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा भेषबहादुर श्रेष्ठ, लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, उषा श्रेष्ठ र सञ्जाल श्रेष्ठ रहेको जनाइएको छ । घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमध्ये झापाको दमक ठेगाना भएकाहरू दसैंको टीका लगाउन आएका हुन् । घाइतेको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेक छन । पहिरोले सडकसमेत क्षतिग्रस्त भएर यातायात बन्द हुँदा घाइतेलाई उपचारका लागि अन्यत्र लैजान सकस परेको स्थानियबासीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ कार्तिक २०७८, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा