कोमल वलीलाई एमालेमा केन्द्रीय सदस्य बन्न छेकबार

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १७ : २०
कोमल वलीलाई एमालेमा केन्द्रीय सदस्य बन्न छेकबार

काठमाडौँ । नेकपा एमालेकी नेतृ कोमल वलीलाई केन्द्रीय सदस्य बन्न छेकबार लगाइएको छ । एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार नै बन्न नपाउने भएकी छन् । 

एमालेको विधानअनुसार एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष हुनुपर्नेछ भने महिलाको हकमा ७ वर्ष कायम छ । यी दुवै योग्यता वलीको हकमा नपुग्ने भएपछि वली केन्द्रीय सदस्य बन्न नपाउने भएकी हुन् । कोमल वली २०७४ सालमा राप्रपा छोडेर एमाले प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस