पाकिस्तानमा एक महिलाले जन्माइन् एकै पटकमा ७ बच्चा

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, ०९ : ०५
पाकिस्तानमा एक महिलाले जन्माइन् एकै पटकमा ७ बच्चा

एजेन्सी । पाकिस्तानकी एक महिलाले एकै पटकमा ७ बच्चा जन्माएकी छन् । पाकिस्तानस्थित खैबर पख्तुनख्वाको एबटावाद सहरमा बस्ने यार मोहम्मदकी पत्नीले एकै पटकमा ७ बच्चा जन्माएकी हुन् ।

बीबीसीका अनुसार त्यहाँस्थित एक निजी मेडिकल कलेजको जिन्ना इन्टरनेशनल टिचिङ अस्पतालमा ती महिलाले ७ बच्चालाई जन्म दिएका हुन् । सबै नवजात शिशु र आमाको स्वास्थ्य स्थिति स्थिर रहेको पनि समाचारमा जनाइएको छ ।

यसबारेमा जानकारी दिँदै अस्पतालले आफ्नो वेबसाइटमा लेखेको छ( जन्मिएका सातै जना शिशु र आमाको अवस्था स्थिर छ । ७ मध्ये ४ छोरा र ३ छोरीको जन्म भएको पनि अस्पतालले जानकारी दिएको छ ।

उक्त अस्पतालकी गाइनोकोलोजिस्ट डा. हिना फैयाजका अनुसार ती महिला शनिबार पहिलोपटक त्यहाँ पुगेकी थिइन् । हिनाका अनुसार अल्टासाउन्ड तथा अन्य रिपोर्टबाट गर्भमा पाँच बच्चा रहेको देखिएको थियो ।

हिनाका अनुसार अप्रेसन १ घण्टासम्म चलेको थियो । हिनाका अनुसार उनले यसअघि अप्रेसन गरेर तीन बच्चाको जन्म गराएकी थिइन् । तर तीन भन्दा बढी बच्चा जन्माउन मद्दत गरेको अनुभव भने उनीसँग थिए ।

प्रतिक्रिया दिनुहोस