जनता बैंकको सहयोग हस्तान्तरण

मंगलबार, ११ बैशाख २०७५, १४ : ४९
जनता बैंकको सहयोग हस्तान्तरण

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंकले निःसहाय सहयोग परिषद, धरानलाई रु. १ लाख सहयोग हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरेका हुन् ।
धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषदले निःसहाय बालबालिकाको शिक्षा र सिप विकासमा कार्य गर्दै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस