उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले डेंगु नियन्त्रणका लागि फगिङ अभियान थालेको छ । नगरपालिकाले दसैँ भित्रै नगरको तराई र भित्रि मधेशको सबै वडामा फगिङ (औषधि छिर्काउँ कार्यक्रम) थालेको हो ।
नगर क्षेत्रको तराई र भित्रि मधेशमा पर्ने वडा नम्बर १ देखि १३ सम्म फडिङ गर्ने कार्यक्रम अनुरुप धमाधम औषधि छर्ने काम भइरहेको त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।
नगरको १६ वडामध्ये १४, १५, १६ पहाडी भेग पर्ने भएकाले त्यसबाहेको क्षेत्रमा फगिङ गर्ने काम भइरहेको छ । सिटी सवारीमा फगिङ गर्ने मेसिन राखेर प्रत्येक टोलटोलमा पुगेर औषधि छर्किने काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा उपप्रमुख अबधनारायण चौधरीले बताए ।
उनका अनुसार डेल्टामेथ्रिन १.२५ नामक कीटनाशक औषधिलाई डिजलमा मिसाएर छर्किने गरेको बताउँछन् । त्रियुगा नगरपालिकाले विगत तीन वर्षदेखि नियमित रूपमा फगिङ गर्दै आएको छ ।
दसैँभित्रैबाट सुरु गरिएको फडिङ अभियान त्रियुगा नगरपालिकाको बजार क्षेत्रका १०, ११, १२, १३ नम्बर वडामा सकिएको स्वास्थ्य शाखा उपप्रमुख चौधरीको भनाइ छ । उदयपुरमा तीन वर्षअघि कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा ३६ जनामा डेंगु संक्रमण भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असोज २०७८, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु पुष्टि
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु