काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४१८ पीसीआर परीक्षण गर्दा ३९८ जना र दुई हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या आठ लाख चार हजार २७६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार २६९ पुगेको छ । त्यसैगरी आज ८०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७९ हजार १५४ पुगेको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ८५३ जना रहेको छ । तीमध्ये १२ हजार ७९१ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक हजार ६२ संस्थागत आइसोलेसनमा रहेका छन् भने कोरोनाका बिरामीमध्ये ३१० जना आइसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३० जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ असोज २०७८, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै