थप ३६५ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २७ असोज २०७८, १७ : ३७
थप ३६५ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९४ नमुनामध्ये ३ हजार ६७१ पीसीआर परीक्षण गर्दा ३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ६०९ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ३ हजार ८७८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ भने ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ जना रहेका छन् । जसमध्ये १३ हजार १७२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१५जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३२ जना क्वारेन्टीनमा रहेका छन् । यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३५ जना कोरोना संक्रमित थपिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस