सिन्धुली । दसैँमा मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या भएको हो ।
फूलपातीको अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा बिक्रममाथि दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उनको मृत्युपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असोज २०७८, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या