काठमाडौं । लागुऔषध खैरो हिरोइनसहित काठमाडौंबाट ३ जना पक्राउ परेका छन् । टोखा नगरपालिका–११ ग्रीनल्याण्ड ओमप्लाजामा रहेको टेकनाथ न्यौपानेको चार तले घरको ते स्रो तलामा डेरा गरी बस्ने यादव कार्की पक्राउ परेका हुन् ।
कोठामा केही मानिसहरुले लागुऔषध खैरो हिरोईइनको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी बृत महाराजगंजबाट खटिएको टोलीले लागुऔषध हिरोइन ८४ ग्राम र नगदसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार्कीसहित दल बहादुर विक र नयन बिक रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
लागुऔषध गाँजासहित दुईजना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ