उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २५ असोज २०७८, १३ : २२
उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा ) ले कात्तिक ४ गतेबाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जसलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिता एन्फा कम्प्लेक्समा हुनेछ । विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०÷२० हजार पाउने छन् । प्रतियोगिताको पहिलो दिन कात्तिक ४ गते तीन खेलहरु हुनेछन् ।

पहिलो खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कन्काई नगरपालिका र गोदावरी नगरपालिकाबीच खेल हुनेछ ।यस्तै तेस्रो खेलमा कालिका नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस