काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनलेले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताए ।
पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उहाँले सकेसम्म एकता गरी सर्वसम्मत नेतृत्व चयन र नसकेमा प्रजातन्त्रिक प्रणालीबाट सौहार्द रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । जित हारपछि पनि जित्ने मातिन नहुने र हार्ने आत्तिन नहुने उल्लेख गर्दै उहाँले पार्टीमा एकता र सद्भाव जरुरी रहेको बताए ।
प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यले पार्टीमा लामो समयसम्म योगदान गर्नुभएको र उहाँले पार्टीबाट लिनेभन्दा पनि दिने काम गर्नुभएको भन्दै सभापति देउवाले आचार्यकोे योगदानलाई पार्टीले सधैँ सम्मान गर्ने धारणा राखे । पोखरा पर्यटनको राजधानी भएको बताउँदै उहाँले यहाँ धेरै सम्भावना रहेको र कोरोनाका कारण अहिले केही प्रभावित पारेको बताए । कोरोना क्रमशः नियन्त्रण हुँदै गएको र बेलायतले पनि नेपालीलाई भिसा दिने निर्णय गरेको उहाँले बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश जटिल मोडमा रहेको काँग्रेसको नेतृत्व आवश्यक हुने गरेको बताउँदै इतिहासले पुनः कांग्रेसमाथि जिम्मेवारी प्रदान गरेको बताए ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई प्राप्त जिम्मेवारीलाई गम्भीरताका साथ लिँदै देश र जनताका काममा क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याए ।
सो अवसरमा सभापति देउवाले प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गर्नुभयो । प्रजातन्त्र सेनानी आचार्यले नेपाली कांग्रेस पोखरा–७ एकाइका लागि रु ५० लाख सहयोग हस्तान्तरण गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २४ असोज २०७८, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशको समृद्धिमा लगाउन देउवाको आग्रह
बजेटमा श्रमिकलाई अधिकार सम्पन्न बनाउनुपर्छ : शेरबहादुर देउवा
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
गठबन्धन जसरी पनि टिक्छ, केही भएको छैन: देउवा
स्वदेश फर्किंदै देउवा दम्पती
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन