दिल्लीको निरन्तर हार, पन्जाब शीर्ष स्थानमा

मंगलबार, ११ बैशाख २०७५, ०८ : ०५
दिल्लीको निरन्तर हार, पन्जाब शीर्ष स्थानमा

किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा सोमबार दिल्ली डेयरडेभिल्सलाई ४ रनले हराएको छ । पाँचौं जितपछि पञ्जाब शीर्षस्थानमा उक्लेको छ । ६ मध्ये १ खेल गुमाएको पञ्जाबको १० अंक छ । पुछारमा रहेको दिल्लीले ६ मध्ये ५ खेल गुमाएको छ । नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्लीको छैटौं खेलमा पनि अवसर पाएनन् । १ सय ४४ रनको मध्यम लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनमा रोकियो ।

अन्तिम बलमा जितका लागि दिल्लीलाई जितको लागि ६ रनको आवश्यकता थियो । तर, त्यहि बलमा विकेट गुमाउँदै दिल्ली दोस्रो जितबाट बञ्चित भएको थियो । श्रेयस एयरले अर्धशतक बनाएपनि अन्य ब्याट्सम्यानले उल्लेख प्रदर्शन गर्न सकेनन् ।

श्रेयसले ४५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । राहुल टिवाटियाले २४, पृथ्वी शाहले २२ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पञ्जाबका अंकित राजपुत, एन्ड्रयू टे र मुजिब उर रहमानले समान २ र बरिन्द्र श्रनले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । करुन नायरले ३४ टोलीका लागि सर्वाधिक ३४ रन बनाएको खेलमा डेभिड मिल्नरले २६, लोकेश राहुलले २३, मयंक अग्रवालले २१, युवराज सिंहले १४ रन जोडे ।

दिल्लीका लियम प्लङकेटलृ ३, ट्रेन्ट बोल्ट र अभेष खानले समान २ तथा डानियल क्रिस्टियनले १ विकेट लिएका थिए । आइपिएलमा मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । हैदराबादले ५ खेलमा ३ जित र २ खेलमा हार बेहोरेको छ भने ५ खेलमा ४ खेल गुमाएको मुम्बईले १ मात्र खेलमा जित हासिल गरेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस