दलहरु चुनाव चिन्ह बोकेर गाउँ-गाउँमा, लोसपा र एमाले आक्रामक

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, १७ : १९
दलहरु चुनाव चिन्ह बोकेर गाउँ-गाउँमा, लोसपा र एमाले आक्रामक

महोत्तरी । चुनाव नजिकिएसँगै महोत्तरीमा चुनावी सरगर्मी बढ्न थालेको छ । राजपाबाट टुक्रिएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपाले महोत्तरीको विभिन्न ठाउँमा प्रचारप्रसारको नै सुरुवात गरेको छ ।

अहिले लोसपाले साइकल चिन्ह बोकेर महोत्तरीको विभिन्न पालिकाका टोल-टोलमा पुगिरहेको लोसपाका नेता ज्ञानेन्द्र झाले बताए । 'चिन्ह पनि नयाँ र पार्टी पनि नयाँ भएको हुनाले जनतालाई जागरुक बनाउन अन्य पाटीले भन्दा हामीले धेरै मेहनत गर्नुपर्ने हुन्छ,' उनले भने ।

चुनावी चिन्हको रुपमा साइकललाई पहिचान बनाउन लोसपाले टोल-टोलमा ब्यानर र झण्डा झुण्ड्याएको छ भने लोसपा समर्थित व्यापारीका पसल तथा निजी घरहरुमासमेत साइकल चिन्ह अङ्कित बाक्लै झण्डाहरु देखिन्छ । अन्य पार्टीको तुलनामा मुल पार्टीबाट दुई टुक्रा बनेका पार्टीहरुले अहिले प्रचारप्रसारलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

लोसपाजस्तै नेकपा एमालेबाट फुटेको नेकपा एसको पनि आफ्नै  प्रचारप्रसार छ । नेकपा एमालेले देखिनेगरी पाटीका गतिविधि सञ्चालन गरे पनि नेकपा एसले भने गाउँ-गाउँमा पुगेर चुनाव चिन्ह र संगठन विस्तारलाई तीव्र बनाइरहेको छ ।

यसै पनि प्रदेश-२ मा लोसपाभन्दा जसपा बलियो र नेकपा एमालेभन्दा नेकपा एस बलियो देखिन्छ । 

प्रतिक्रिया दिनुहोस