मन्त्रीमण्डल पूरा भएपछि देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १८ : ५७
मन्त्रीमण्डल पूरा भएपछि देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक राखेका हुन् । बैठक केहीबेरमै सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

आजै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ भने उनीहरुको राष्ट्रपति भवन शीतल निवासमा साँझ शपथ भएको थियो । शपथलगत्तै बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारतिर लागेका छन्  । आज राष्ट्रपतिले १६ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएका हो ।