एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । दुई देशका नेताबीच यसै वर्षको अन्त्यमा भर्चुअल वैठक हुने अमेरिकाले जनाएको छ । ताइवानबारे दुई देशबीच तनाब बढिरहेकै बेला बाइडेन र सीबीच वार्ता हुन लागेको हो ।
भर्चुअल वैठक बस्ने विषयमा दुई देशका नेताबीच सहमति बनेको ह्वाईटहाउसका अधिकारीले बताएका छन् । राष्ट्रपति बाइडेनले ताइवानका विषयमा आफूले राष्ट्रपति सीसँग छलफल गरेको बताइसकेका छन् । हालै मात्र ताइवानको सुरक्षा क्षेत्रमा चिनियाँ सेनाको दर्जनौं विमान उडेका थिए ।
ताइवानवारे मैले राष्ट्रपति सीसँग छलफल गरेको छु,’ बाइडेनले भने, ‘हामी ताइवान सम्झौताप्रति प्रतिबद्ध छौं ।’ ताइवानले आफ्नो सुरक्षा क्षेत्रमा १५० चिनियाँ जहाजले ताइवानी हवाई क्षेत्रको अतिक्रमण गरेकोे बताउँदै आएको छ ।
ताइवानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा ती जहाज उडाइएका थिए । ताइवानलाई बेइजिङले छुट्टिएर बसेको आफ्नै प्रान्त मान्छ । तर, ताइवानले आफूलाई सार्वभौम राष्ट्र ठान्छ । ताइवानको सुरक्षा क्षेत्रमा चीनको अतिक्रमणको अमेरिकाले बिरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २२ असोज २०७८, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स