काठमाडौं । सहमतिभन्दा एक मन्त्रालय बढी राखेको नेपाली कांग्रेसले नेकपा एसका अध्यक्ष माधव नेपाललाई मिलाउन बागमती र प्रदेश १ मा मुख्यमन्त्री दिन सहमति जनाएको छ ।
कांग्रेसले सहमति जनाएसँगै सत्तारुढ गठबन्धन पनि बागमती र प्रदेश १ को मुख्यमन्त्री दिन राजी भएका हुन् । बालुवाटारमा आज भएको सत्तारुढ गठबन्धनको बैठकमा सहमतिबेगर कम मन्त्रालय दिने भन्दै माधव नेपाल चर्केपछि बागमती र प्रदेश १ को मुख्यमन्त्री दिन सत्तारुढ गठबन्धन तयार भएको स्रोतको भनाइ छ ।
सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको भागबण्डा पेचिलो बनिरहेको बेला नेकपा एकीकृत समाजवादीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सहमति भएको हो।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको बैठक स्रोतले जनाएको छ ।
नेता नेपाल बालुवाटार बैठकबाट बाहिरिएका छन् । यसअघि वागमतीमा कांग्रेसले मुख्यमन्त्री दावी गरे पनि भागबन्डामा असन्तुष्ट जनाएपछि माधव नेपालको पार्टीलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिने सहमति भएको हो । नेकपा एसबाट प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असोज २०७८, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव