काठमाडौं । सहमतिभन्दा एक मन्त्रालय बढी राखेको नेपाली कांग्रेसले नेकपा एसका अध्यक्ष माधव नेपाललाई मिलाउन बागमती र प्रदेश १ मा मुख्यमन्त्री दिन सहमति जनाएको छ ।
कांग्रेसले सहमति जनाएसँगै सत्तारुढ गठबन्धन पनि बागमती र प्रदेश १ को मुख्यमन्त्री दिन राजी भएका हुन् । बालुवाटारमा आज भएको सत्तारुढ गठबन्धनको बैठकमा सहमतिबेगर कम मन्त्रालय दिने भन्दै माधव नेपाल चर्केपछि बागमती र प्रदेश १ को मुख्यमन्त्री दिन सत्तारुढ गठबन्धन तयार भएको स्रोतको भनाइ छ ।
सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको भागबण्डा पेचिलो बनिरहेको बेला नेकपा एकीकृत समाजवादीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सहमति भएको हो।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको बैठक स्रोतले जनाएको छ ।
नेता नेपाल बालुवाटार बैठकबाट बाहिरिएका छन् । यसअघि वागमतीमा कांग्रेसले मुख्यमन्त्री दावी गरे पनि भागबन्डामा असन्तुष्ट जनाएपछि माधव नेपालको पार्टीलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिने सहमति भएको हो । नेकपा एसबाट प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असोज २०७८, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल