मध्य भोटेकोशीको आईपीओ बिक्री खुला

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १४ : २६
मध्य भोटेकोशीको आईपीओ बिक्री खुला

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओको बिक्री बुधबारदेखि सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि  ८१ लाख ९० हजार कित्ताको आईपीओ जारी गरेको हो ।

कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याए पनि ८१ लाख ९० हजार कित्ता शेयरका लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् । जसमा ८ लाख १९ हजार भन्दा धेरै आवेदकले १० कित्ता शेयर प्राप्त गर्ने निश्चित छ ।

कुल निश्कासन मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

कम्पनीको आईपीओका लागि असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि बढीमा १० हजार कित्तासम्मका लागि आईपीओ आवेदन गर्न सक्नेछन् ।

आईपीओमा सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका बिक्री शाखा कार्यालय वा मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ । सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा निर्माणधिन रन अफ रिभरमा आधारित आयोजनाबाट १०२ मेगाबाट बिजुली निकालिने छ ।

प्रतिक्रिया दिनुहोस