काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीको आज ‘बधाई तथा सम्मान’ कार्यक्रममा बोल्दै उनले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताएका हुुन् । “स्थानीय तहदेखि नै कार्यक्रम बनाएर पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनुपर्छ”, उनले भने ।
पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीको १४औँ महाधिवेशनपछि आर्थिक रुपमा जनतालाई बलियो बनाउने गरी कांग्रेसले कार्यक्रम अगाडि सार्नुपर्ने उल्लेख गर्दै आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक कांग्रेस नेतृत्व गर्ने अवसर पाउनुपर्ने बताए । प्रजातन्त्र जोगाउन र पार्टीलाई संस्थागत गर्नका लागि आफू सभापतिमा लड्न लागेको उनको भनाइ छ ।
“बुबा गणेशमानले राजनीतिमा त्याग गरे भनेर छोराले त्याग गर्नुपर्छ भन्ने छैन”, नेता सिंहले भने । उनले राजनीतिलाई सेवाको रुपमा लिनसमेत सबैलाई आग्रह गर्दै अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौँको भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असोज २०७८, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह