दीपेश पुनलाई अखिल क्रान्तिकारीकाे महासचिव बनाइँदै

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, १६ : २१
दीपेश पुनलाई अखिल क्रान्तिकारीकाे महासचिव बनाइँदै

काठमाडौं । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनित गरिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए । 

सिंह नेतृत्वका रहेको क्रान्तिकारीको महासचिवमा पुनलाई मनोनयन गर्न लागिएको हो । सोमबार नै टुंगो लगाउने गरी पुनलाई महासचिवमा मनोनित गर्ने विषयमा छलफल भइरहेको क्रान्तिकारिका पूर्वअध्यक्ष रमेश मल्लले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस