चाडपर्वको अवधिभर जिल्ला नछाड्न ७७ वटै जिल्ला अधिकारीलाई गृहको निर्देशन

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, १२ : १०
चाडपर्वको अवधिभर जिल्ला नछाड्न ७७ वटै जिल्ला अधिकारीलाई गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाली हरुको महान पर्व दसैंलगायत चाडपर्वको अवधिभर जिल्ला नछाड्न ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई पनि जिल्ला नछोड्न निर्देशन दिएको छ । दसैं नजिकिँदै गएका बेला गृहको निर्देशनसँग अब सिडिओ, जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू अत्यावश्यक काम र गृहको अनुमतिबिना जिल्ला छाड्न पाउने छैनन् ।

चाडपर्वमा स्थानीय प्रशासन र सुरक्षा निकाय झन चनाखो हुनुपर्ने भएकाले घरबिदा पनि नजान भनिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

दसैंमा सरकारी कार्यालय बन्द रहने भए पनि स्थानीय प्रशासन र सुरक्षा निकायका कार्यालय भने खुला नै रहने हुनाले सुरक्षा संयन्त्रलाई ध्यानमा राखी जिल्लो छोड्न नपाउने निर्देशन जारी गरिएको हो । सो समयमा सर्वसाधारणकोे ठाडो निवेदन दर्ता गर्न र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस