देउवा सरकारमा प्रधानन्ययाधीशले खोजे भाग

सफल खबर संवाददाता

आइतबार, १७ असोज २०७८, १९ : ०६
देउवा सरकारमा प्रधानन्ययाधीशले खोजे भाग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी गरेका छन् । बागबण्डा मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा देउवा लाग्दै गर्दा अर्को बखेडा सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा समेतले मन्त्रिपरिषद्मा आफ्नो मान्छेका लागि भाग खोजेपछि तनाव सिर्जना भएको हो । उनले आफ्नो मान्छेका लागि पनि कोटा छुट्याउनु पर्ने अडान राखेको बताइएको छ । स्मरण रहोस् तत्कालीन प्रम केपी ओलीको पालादेखि नै चोलेन्द्रले विभिन्न निकायमा आफ्नो लागि कोटाम सिर्जना गराएर निकटका व्यक्तिलाई नियुक्ति दिलाउन सफल भएका थिए ।

यस्तैमा चोलेन्द्रशमशेर राणाकम्तीमा एक जना मन्त्री बनाउ बनाउन दवाव दिएको स्रोतले जनाएको छ । संघीय संसदको सदस्य नरहेको व्यक्तिलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था अनुसार उनले दीपक तिमिल्सिनालाई मन्त्रिको रुपमा नाम सिफारिस गरेका हुन् । हाल सत्ता गठबन्धनका चार पार्टीबीच १९ वटा मन्त्रालय बाँडफाँट भएको छ। अहिले संघीय सरकारका २१ मन्त्रालय छन् ।

प्रधानन्यायाधीशले पनि भाग मागेपछि बाँकी दुई मन्त्रालय त्यसैका लागि छुट्याउन लागिएको स्रोतको दावी छ । उसो त प्रधानन्यायाधीशका लागि मन्त्रिपरिषदमा कोटा छुट्याउन लागिएको कुराले विस्तारै कांग्रेस, एमाले, माओवादीका दोस्रो तहका नेतृत्वमा पनि खैलाबैला सुरु भएको छ । यो प्रवृत्ति गलत भएको भन्दै उनीहरुले असन्तुष्टि जनाएपछि खुलेर विरोध भने गरिसकेका छैनन् ।

तिमल्सिनाले लामो समय सर्वोच्चमा सूचना प्रविधि विज्ञका रूपमा काम गरेका थिए । २०६३ सालमा सर्वोच्चमा विज्ञ नियुक्त भएका दीपक पछि सूचना प्रविधि महाशाखाका निर्देशक भएका थिए। निर्देशक हुँदा उनी विवादमा समेत तानिएका थिए भने तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको पालामा राजीनामा दिएका थिए । तर रामकुमार प्रसाद साह प्रधानन्यायाधीश नियुक्त भएपछि तिमिल्सिनाले फेरि सर्वोच्चमा प्रवेश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस