काठमाडौं । नेकपा एसका अध्यक्ष माधव नेपाल अस्वस्थ भएका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृतवमा गत असार २९ गते वर्तमान सरकार बनेको हो । त्यसदिन प्रधानमन्त्री देउवाले कांग्रेसका दुई र माओवादी केन्द्रका दुई गरी चार मन्त्रीको शपथ खुवाएका थिए । त्यसयता प्रधानमन्त्री देउवाले पार्टीभित्र पनि आफ्नै समूहबाट दुईपटक गरी स्वास्थ्य राज्यमन्त्री र परराष्ट्रमन्त्री नियुक्त गरेका छन् ।
२५ सदस्य हुने मन्त्रिपरिषदमा देउवाको कार्यकालको ८१ दिन बित्दासम्म जम्मा सात सदस्य मात्र छन् । गत आइतबार नै राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने अपेक्षा गरिएका थियो । तर, यही समयमा माधवकुमार नेपाल अस्वस्थ भएर अस्पताल भर्ना भएपछि देउवाको मन्त्रिपरिषदलाई पूर्णता दिने काममा ‘ब्रेक’ लागेको छ ।
सत्ता गठबन्धनका नेताहरू गठबन्धन बैठक बस्न सके अब चाँडै सरकारले पूर्णता पाउने बताउँछन् । माधव नेपालको स्वास्थ्य समस्याले बैठक बस्न नसक्दा मन्त्रिपरिषद विस्तारमा समस्या भएको सत्तारुढ गठबन्धनका नेताहरुले बताएका छन् ।
“सत्ता गठबन्धनको बैठक माधवकुरमा नेपालज्यू अस्वस्थ भएर बस्न सकेको छैन । बैठक बस्यो भने अव चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ,” जसपा नेता इस्तियाक राईले भने, “बैठकले मन्त्रिपरिषद्मा पोर्टफोलियो र संख्या टुङ्ग्यायो भने मन्त्रिपरिषद् विस्तार त्यही दिन वा भोलिसम्म हुन सक्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असोज २०७८, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड