दाङ । काँकडभिट्टा देखि महेन्द्रनगर जादै गरेको मे १ ख ३२८८ नम्बरको यात्रु बस लमहीको राटो डाँडामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरुको नाम ठेगाना खुल्न सकेको छैन ।
घाइतेहरू मध्य दुई जनाको टाउकोमा चोट लागेको छ भने, अन्य पाँचजना सामान्य घाइते भएका छन् । आइतबार दिउँसो २ बजेको समयमा अगाडिको टायर पड्किदा बस अनियंत्रित भएर पलटिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ ।` बस सहचालकले गुडाई रहेको भन्ने बुझिएको र उनिहरु दुबै जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन