दाङ । काँकडभिट्टा देखि महेन्द्रनगर जादै गरेको मे १ ख ३२८८ नम्बरको यात्रु बस लमहीको राटो डाँडामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरुको नाम ठेगाना खुल्न सकेको छैन ।
घाइतेहरू मध्य दुई जनाको टाउकोमा चोट लागेको छ भने, अन्य पाँचजना सामान्य घाइते भएका छन् । आइतबार दिउँसो २ बजेको समयमा अगाडिको टायर पड्किदा बस अनियंत्रित भएर पलटिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ ।` बस सहचालकले गुडाई रहेको भन्ने बुझिएको र उनिहरु दुबै जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु