काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो कार्यकाल पनि उठ्न पाउने भएका छन् । एमालेले ७० वर्षे प्रावधानलाई निरन्तरता दिँदै त्यससम्बन्धी स्पष्ट व्याख्या गरेको छ ।
यसअघि ७० वर्ष पूरा भएका नेताले आफू निर्वाचित भएको पदबाट बीचमै राजीनामा दिनुपर्ने थियो । तर, ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले त्यसलाई थप व्याख्या गर्दै ७० वर्ष पूरा नभएसम्म पदाधिकारीमा उठ्न पाउने र आफू निर्वाचित भएको पद पूरै कार्यकाल बिताउन पाउने व्यवस्था गरिएको छ ।
यस आधारमा अब केपी ओलीलाई फेरि अध्यक्षमा उठ्न विधानले रोक्ने छैन । ओली अहिले ६९ वर्षका छन् । महाधिवेशनका हुँदाका बखत उनी ७० वर्ष पनि पुग्ने छैनन् । त्यसैले उनले पूरै कार्यकाल अध्यक्षमै रहन पाउने भएका छन् । एमाले उपमहासचिव विष्णु पौडेलले ७० वर्षे प्रावधानलाई व्याख्या गर्दै यसबारे जानकारी गराएका हुन् । एउटै व्यक्ति सोही पदमा दुईपटकभन्दा बढी उम्मेदवारी दिन नपाउने विधानमा व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन
चुनाव हारको दुई महिना वित्दासम्म एमालेले गरेन चुनावी समीक्षा
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति