साहस उर्जाको आईपीओ बाँडफाँड

सफल खबर संवाददाता

आइतबार, १७ असोज २०७८, ११ : १७
साहस उर्जाको आईपीओ बाँडफाँड

काठमाडौं । साहस उर्जाको साधारण सेयर (आईपीओ) ६ लाख ४४ हजार जनाले पाएका छन् । असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ उक्त आवेदकले १० कित्ताका दरले पाएका हुन् ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो ।

आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाको आवेदन परेको थियो । जसमध्येबाट २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्रै आवेदन स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस