काठमाडौँ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको काँग्रेस सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । उनले १५५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाए । सभापतिमा निर्वाचित बुढाथोकी काँग्रेस नेता गगन थापा निकट नेता हुन् ।बुढानीलकण्ठ सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर हो ।
काठमाडौँका सबै स्थानीय तह र जिल्लामा आफ्नो पकड बनाउन लागेका कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेका देउवालाई आफ्नै गृहनगरमा धक्का लागेको छ । सभापतिसहित पदाधिकारीमा थापानिकट बुढाथोकीको प्यानल नै निर्वाचित भएको छ । उपसभापतिमा शम्भु कार्की र सानुकान्छा श्रेष्ठ, सचिवमा बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी र सहसचिवमा कुमार खड्का र निर्मला आचार्य निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो