काठमाडौँ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको काँग्रेस सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । उनले १५५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाए । सभापतिमा निर्वाचित बुढाथोकी काँग्रेस नेता गगन थापा निकट नेता हुन् ।बुढानीलकण्ठ सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर हो ।
काठमाडौँका सबै स्थानीय तह र जिल्लामा आफ्नो पकड बनाउन लागेका कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेका देउवालाई आफ्नै गृहनगरमा धक्का लागेको छ । सभापतिसहित पदाधिकारीमा थापानिकट बुढाथोकीको प्यानल नै निर्वाचित भएको छ । उपसभापतिमा शम्भु कार्की र सानुकान्छा श्रेष्ठ, सचिवमा बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी र सहसचिवमा कुमार खड्का र निर्मला आचार्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार