कम्युनिष्ट आन्दोलन भत्काउन खोजेकाले आफूहरु पार्टीमा विद्रोह गरेको हो : उपाध्यक्ष पाण्डे

रासस

शनिबार, १६ असोज २०७८, २१ : ५२
कम्युनिष्ट आन्दोलन भत्काउन खोजेकाले आफूहरु पार्टीमा विद्रोह गरेको हो : उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले केपी शर्मा ओलीको बालुवाटारको शासन अन्त्य भएपछि बालकोटको खोपीमा पस्नुपर्ने बाध्यता आफ्नै कारण सिर्जना भएको आरोप लगाएका छन् । 

नेकपा (एकीकृत समाजवादी) पाल्पाका अगुवा कार्यकर्ता भेलामा  उहाँले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजेकाले आफूहरुले पार्टीमा विद्रोह गरेको स्पष्ट पारे ।

उनले पार्टी फुटेको नभई नेकपा एमालेमा विद्रोह गरिएको उल्लेख गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे र राजेन्द्रलक्ष्मी गैरेले ओलीले आफूलाई प्रधानमन्त्री हुँदा पार्टीमा काम गर्न नदिएको भनी भ्रम सिर्जना गर्ने काम गलत भएको र ओली समूहले गुटगत व्यवहार गरी सक्षम कार्यकर्तालाई अलग्याएको आरोप लगाए । 

एकीकृत समाजवादीले युवा, विद्यार्थीको सङ्गठन विस्तार गरेको जनाएको छ । पार्टीका प्रशिक्षण कार्यक्रम सञ्चालनपछि सङ्गठन विस्तारका काम अगाडि बढाउने सो पार्टीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस