काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरु प्रथम विधान महाधिवेशनको दोस्रो दिन शनिबार तीनवटा केन्द्रीय निकायका प्रतिवेदन प्रस्तु भएका छन्।
शनिबार बन्द सत्रको सुरुमै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा। पुष्पराज कँडेल र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष केशव बडालले प्रतिवेदन प्रस्तुत गरेका हुन्। बोहोराले अनुशासन आयोगतर्फबाट प्रतिवेदन पेश गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको पनि आलोचना गरेका छन्।
बोहोराले पार्टीको नेतृत्वमा देखिएको स्वेच्छाचारिताले समस्या बढाउँदै लगेको बताएका थिए। पार्टीमा देखिएको अन्तरविरोधलाई नेतृत्वले हल गर्नेतर्फ चासो नदिँदा समस्या बढेको उनको निष्कर्ष थियो। उनले पार्टीका समस्या अबदेखि यथासमयमा हल गर्नुपर्ने कुरा पनि बताएका थिए। पार्टी अध्यक्ष ओली र अन्य नेताहरूले समयमै ध्यान नदिँदा अहिले पार्टीमा संकट देखिएको पनि उनले बताएका थिए।
बोहोराले पार्टीको अन्तरविरोध नेतृत्वले हल गर्नुपर्ने बताउँदै आलोचना सुन्न सक्ने क्षमता पनि चाहिने बताएका थिए। जसले गल्ती गरे पनि तत्कालै समीक्षा गरेर सच्याउनु आवश्यक रहेको उनले बताएका थिए। महाधिवेशनमा शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असोज २०७८, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प