साहस उर्जाको आईपीओ भोली बाँडफाँड हुने

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, ११ : ५८
साहस उर्जाको आईपीओ भोली बाँडफाँड हुने

काठमाडौं । साहस उर्जाको साधारण सेयर (आईपीओ) भोली (आइतबार) बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि यही असोज ६ देखि १० गतेसम्मका लागि आईपीओको बिक्री खुलाएको थियो ।

उक्त मितिमा कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओमा आवेदन खुलाएको थियो । जसमध्ये, २ लाख १० हजार कित्ता कर्मचारीलाई र ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

आइतबार बाँडफाँड गर्नेगरी कम्पनीको आईपीओमा परेको आवेदनबाट प्रिअलटमेन्ट भइसकेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापटलले आइतबार विहान ९ बजे सेयर बाँडफाँड हुने बताएको छ ।​आईपीओमा २४ लाख ७४ हजार ४३६ जनाले ३ करोड ४४ लाख ९८ हजार कित्ता सेयरमा आवेदन परेको छ ।

प्रतिक्रिया दिनुहोस