रामेछापमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नया शाखा संचालन

आइतबार, ०९ बैशाख २०७५, १७ : ०६
रामेछापमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नया शाखा संचालन

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा मिति २०७५ बैशाख ९ गते देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गर्नुभयो ।

उक्त समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु, यातायात व्यवसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठज्यूले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति,सम्पूर्ण कर्मचारी साथीहरु  लगायत ग्राहक महानुभावहरुलाई धन्यवाद दिंदै बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गरी रहेको जानकारी दिनुभयो ।

उक्त अवसरमा बिमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफनो उपस्थिती जनाई लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्ने हेतुले सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराउनु भयो । कम्पनीले आफ्ना शाखा तथा उपशाखा कार्यालयहरु मार्फत ग्राहक महानुभावहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमा सेवा प्रदान गर्ने जानकारी गराउंदै उपस्थित सबै महानुभावहरुलाई आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराउन पनि अनुरोध गर्नुभयो ।

सोही कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापा लगायत स्थानिय उद्योगी तथा व्यावसायीहरुले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि रामेछापको मन्थलीमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस