काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को राष्टि«य सम्मेलनमा निक्कै सन्देशमूलक मन्तब्य दिए । प्रचण्डले जनयुद्ध शुरु गर्दाका प्रसंगको बेला बेला स्मरण गराउँदै अहिले संविधान निर्माण पछिको संर्घषमा खेलिएको भूमिकासम्मका विषयमा निक्कै गहन मन्तब्य दिए ।
पार्टीभित्रका लागि मात्रै होइन, पार्टी बाहिरका शक्तिलाई पनि प्रचण्डले विद्यार्थीको सम्मेलनमार्फत निक्कै महत्वपूर्ण सन्देशमूलक मन्तब्य दिएका छन् ।
विग्रेका माओवादी, सपार्ने योजना
माओवादी पार्टी विगतमा असाध्यै उभारमा थियो । तर अहिले संगठनभित्रै अनेक गुट निर्माण भएका छन् । प्रचण्डले अहिले पार्टीभित्रको गुट भत्काउने उदघोष हरक जसो भाषणमा गरिरहेका छन् । गुट भत्काउने र माथी देखि नै पार्टी सुद्धिकरण गर्ने योाजना प्रचण्डले सुनाईरहेका छन् । विद्यार्थी सम्मेलनमा प्रचण्डले निक्कै भावनात्मक रुपमा प्रस्तुत हुँदैं कार्यशैली सुधार माथीकै नेताबाट गर्नुपर्ने सन्देश पनि दिए ।
‘हामीले जनताको भावनाको प्रतिनिधित्व गर्दै मौलिक क्रान्ति गर्यौँ। तर अहिले हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छु । हाम्रो क्रान्तिकारी कार्यशैलीमा स्खलन भएको छ। हामी विस्तारै विस्तारै जनयुद्ध र जनआन्दोलनलाई भुल्दैछौँ। हामी अहिले पद, पैसा, कमिसनको लोभमा फसेका छौँ । दलाल पुँजीपतिहरुसँग बढी नजिक हुने भएका छौँ। हिजो जनयुद्धका कुरा त विस्मृतिमा पो पुगे। आज जो जति माथि पुगे, त्यति नै बडो अवसरवादी निस्किए। जो मन्त्री भयो, त्यो पतन भएर गयो।’ प्रचण्डको आफ्नै नेताहरु बिग्रेको तर्फ प्रष्ट संकेत गर्दै भने, ‘जो जति माथि आयो त्यो दलालसँग लाग्यो। हामी पनि उनै मान्छे छौँ ।
म जनयुद्धको पनि कमाण्डर, शान्ति प्रक्रियाको नेता हो। तर म पनि हेर्दा हेर्दै बिग्रिए जस्तो लाग्दैछ। हिजो मलाई मोर्चा मर्न पठाउनु, मर्न तयार छु भनेर रोज्नेहरु, लड्न जान पाइएन, मर्न जान पाइएन भन्ने हामी आज बिग्रियौँ, अहिले पद पाइएन, पैसा पाइएन भनेर रुने भयौँ। मन्त्री पाइएन भने। रुने भयौँ । हामीले थाहै नपाई सहिद परिवारलाई भुल्यौँ, जनयुद्ध बिर्सियौँ।’
अन्तिमसम्म लड्ने प्रतिवद्धता
प्रचण्डले ५ पुसको संसद विघटनपछि लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको बताए । तर उनले क्रान्तिकारीहरुले लडेरै जित्ने दाबी गरे । भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता) मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग सुनाउँदै प्रचण्डले भने, –‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ ।
मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें । त्यसपछि पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने संकल्प गरेको हो । जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन ।
माइतीघर मण्डलाको सडकमा बस्दा जनताको समर्थन हुने हो कि होइन ? कार्यकर्ताले साथ दिने हो कि होइन भन्ने आशंका थियो । तर सडकमा आउँदा मुक्ति पाएको अनुभूति भयो । सबै कार्यकर्ता सडकमा आए । हामीले यो आन्दोलनबाट के सिक्यौं भने बिग्रिएको कार्यकर्ता होइन, नेता हो । र, अझ विशेष रुपमा सच्चिनुपर्ने हामीले आफैंबाट हो ।
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जोड
प्रचण्डले अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि लाग्नुपर्ने बताए । प्रचण्डले भने – ‘निर्वाचन प्रणाली बदल्नुपर्ने छ । हामी सबैको हालत खराब छ । अझ अध्यक्षको के होला ? हेर्डक्वाटर्रमा लाने भन्ने होइन, माग्ने भन्ने छ । एउटा गाँउपालिकामा लड्दा ५० लाख, ६० लाख करोड भन्दा माथी लाग्ने देखिन्छ । प्रदेशमा लडन २, ४ करोड लाग्ने देखिन्छ । अझ माथी केन्द्रमा लडन १० करोड भन्दा कम लाग्ने देखिदैन् । त्यसका लागि पनि अध्यक्षकहाँ माग्ने हुन्छ ।
अनि म चही दलाल पुजीपतिहरुसँग नमस्कार गर्दै लौन हामीलाई यति गरौं भन्नुपर्ने अवस्था छ । ०६४ मा हामीले पैसाले चुनाव लडेका होइन् । आफै जितिएको हो । विना पैसा जितिएको थियो । पैसा जोगिएकै थियो । अहिले पैसा खर्च गरेर पनि जित्ने अवस्था छैन् । पैसामा बिक्ने प्रणालीको ठाँउमा पूर्ण समानुपातिक प्रणाली बदल्नु छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असोज २०७८, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
०८४ को चुनावअघि वामपन्थी एकता हुँदैन: प्रचण्ड
अध्यक्ष दाहालद्वारा बुद्ध जयन्तीको शुभकामना
माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड
प्रचण्डलाई एमाले महासचिव शंकर पोखरेलको प्रश्न : तपाई के वोल्दै हुनुहुन्छ ?
सरकार डरले रुझेको बिरालो भएको छ : प्रचण्ड