काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताएका छन् ।
मत प्राप्त गर्ने र विश्वास प्राप्त गर्ने फरक–फरक रहेकाले यसमा आत्मसमीक्षा गर्नुपर्ने उनले बताए । ‘नागरिकको विश्वास किन टुट्यो । यसको हामीले समीक्षा गर्नुपर्दछ । खासगरी नयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो,’ थापाले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘उनीहरु किन हामीहरुसँग छैनन् ? यसको उत्तर खोज्ने मात्रै होइन, केही काम गर्ने पनि हो,’ गति र मति अनुसार पार्टी चल्न नसकेको बताए ।
कांग्रेसको अनुहारमा दाग लागेको हुँदा ऐना पुछेर नहुने उनले बताए । भिडियो सन्देशमा उनी भन्छन्, ‘सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ । यो घाउलाई पुर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति