चितवन । जेन जेड आन्दोलन चर्किँदै जाँदा चितवनस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरमा आगजनी गरिएको छ।
आन्दोलनकारीहरूले मंगलबार बिहान प्रचण्डको भरतपुरस्थित निजी निवासमा आक्रमण गरी आगजनी गरिएको हो । आगलागीबाट घरको केही भागमा क्षति पुगेको र सुरक्षा निकायले नियन्त्रणमा लिन प्रयासरत रहेको जनाइएको छ।
सरकारले लगाएको कर्फ्यूको अवज्ञा गर्दै आक्रोशित प्रदर्शनकारीहरूले देशका विभिन्न भागमा आक्रमण चर्काइरहेका छन्। ‘प्रचण्ड’सहित शीर्ष नेताहरूलाई लक्षित गरेर घरमै आक्रमण सुरु भएको यो घटना ताजा उग्र रूपको संकेतका रूपमा लिइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०८२, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग