रास्वपामा विवाद, विवाद चर्किनुमा यी हुन् दुई कारण

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०८२, १७ : २०
रास्वपामा विवाद, विवाद चर्किनुमा यी हुन् दुई कारण

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनपछि रास्वपाले राजनीतिक कमाण्ड आफनो पकडमा आउने विश्लेषणमा थियो राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) । भदौं २३ को नरसंहारपछि आकस्मिक बैठक राखेर रास्वपाले अर्ली इलेक्सनमा जानुपर्ने पक्षमा आफनो धारणा सार्वजनिक गरयो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भोलिपल्ट बिहान बोलाएको विपक्षी दलहरुको बैठकमा रास्वपाले नजाने निर्णय नै गरयो । अव अर्ली इलेक्सनमा जाने निर्णयमा पार्टी पुगेको र त्यसका लागि वाताबरण बनाउन आफना सांसदहरुलाई राजीनामा गराउने र दवाव बढाउने योजनामा रास्वपा थियो ।

जेलभित्र रहेका रास्वपा सभापति लामिछानेले आफना सांसदहरुलाई राजीनामा गराउन निर्देशन दिएका थिए । जेलभित्रैबाट जेनजी पुस्तालाई सम्वोधन गदै उनले आफना सांसदहरुलाई राजीनामा दिन तयार हुन निर्देशन गरेका थिए । रास्वपाले खेलेका दुई निर्णय अहिले उसलाई नै निल्नु न ओकल्नु अवस्थामा पुगेको छ ।

पहिलो संसदवाट आफना सांसदहरु राजीनामा गराउने निर्णय ।

दोस्रो जेलवाट रवि लामिछाने निकाल्ने निर्णय गराउन बढाएको अनैतिक दवाव र गराएको रिहाई ।

यी दुवै निर्णय रास्वपालाई अहिले आफनो अनुहार देखाउन नसक्ने अवस्थामा छ ।

यी दुवै निर्णयका कारण रास्वपामा अहिले भित्रभित्र विवाद चर्केको छ । रास्वपाका सांसद असिम साहले पहिले राजीनामा घोषणा गरेका थिए । त्यसपछि सुमना श्रेष्ठ, निशा डाँगी हुँदै अन्य सांसदहरुको सामुहिक राजीनामा घोषणा गराएका थिए । त्यसपछि रास्वपामा नेताहरु विभाजित भएका छन् । कोही संसद विघटन गर्ने कोही यही संसद जोगाएर त्यसभित्रैबाट अहिलेको समस्या समाधान गर्नुपर्ने, नयाँ सरकार बनाउनुपर्ने बताउन थालेका छन् । समानुपातिकतर्फका सांसदहरु संसद विघटन तिर र प्रत्यक्ष जितेका सांसदहरु संविधान बचाउनका लागि भएपनि संसद जोगाएर जानुपर्ने पक्षमा उभिएका छन् ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीका तर्फबाट सार्वजनिक धारणा गलत भएको भन्दै आवाज उठेको छ । यस्तो धारणा राख्नेमा डा। स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सोविता गौतम, शिशिर खनाल, हरि ढकालसहितका सांसदहरू हुन् ।

उनीहरूले पार्टीको बैठक नै नराखी हचुवामा गरिने निर्णयले रास्वपालाई लोकतान्त्रिक धारमा उभ्याउन नसक्ने भन्दै संविधान र संसद्भित्रैबाट समाधान खोज्न दबाब दिएका छन् । राजीनामा दिने विषय र रविको रिहाईबारे पार्टीभित्रै मत बाझिएपछि पहिलो पटक लामिछाने झण्डै झण्डै अहिले अल्पमतको अवस्थामा देखिएका छन् । लामिछाने जेलबाट निस्कदा कारागार प्रशासनले दिएको पत्र र त्यसमा लेखिएको ब्यहोराले त्यो पत्र आन्दोलनको बलभित्र दवावमा लेखिएको र लामिछाने रिहाई भएको आम मान्छेलाई पर्न गएको छ । त्यक्तिमात्रै होइन, देशभर १३ हजार बढी कैदी बन्दीहरु लामिछाने रिहाईपछि उनलाई छोडने, हामीलाई किन नछोडने भन्दै विद्रोह गर्न थाले । जसको परिणाम धेरै जेलभित्रै रहनुपर्ने कैदीबन्दीहरु जेल बाहिर आए । यसको जिम्मेवारी रवि लामिछानेले लिनुपर्ने आवाज अहिले उठ्न थालेको छ ।

जेनजी पुस्ताले लामिछाने लाइृ त्यसपछि अश्वीकार गरेको र पार्टीलाई सांसदको राजीनामा र सभापतिको रिहाईले घाटा पुरयाएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको रास्वपाका एक् नेताले बताएका छन् ।

पार्टीमा विवादपछि सचिवालयले आधिकारिक डकुमेन्ट बनाउने जिम्मा पाएको छ । अब सचिवालयले तयार पार्ने आधिकारिक दस्ताबेजमा नेताहरूबाट समर्थन वा विरोध भएपछि केन्द्रीय समितिले अनुमोदन, सच्याएर अनुमोदन वा पुनर्लेखनको निर्णय गर्ने ती पदाधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस