काठमाडौं । जेनजी पुस्ताको आन्दोलनपछि रास्वपाले राजनीतिक कमाण्ड आफनो पकडमा आउने विश्लेषणमा थियो राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) । भदौं २३ को नरसंहारपछि आकस्मिक बैठक राखेर रास्वपाले अर्ली इलेक्सनमा जानुपर्ने पक्षमा आफनो धारणा सार्वजनिक गरयो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भोलिपल्ट बिहान बोलाएको विपक्षी दलहरुको बैठकमा रास्वपाले नजाने निर्णय नै गरयो । अव अर्ली इलेक्सनमा जाने निर्णयमा पार्टी पुगेको र त्यसका लागि वाताबरण बनाउन आफना सांसदहरुलाई राजीनामा गराउने र दवाव बढाउने योजनामा रास्वपा थियो ।
जेलभित्र रहेका रास्वपा सभापति लामिछानेले आफना सांसदहरुलाई राजीनामा गराउन निर्देशन दिएका थिए । जेलभित्रैबाट जेनजी पुस्तालाई सम्वोधन गदै उनले आफना सांसदहरुलाई राजीनामा दिन तयार हुन निर्देशन गरेका थिए । रास्वपाले खेलेका दुई निर्णय अहिले उसलाई नै निल्नु न ओकल्नु अवस्थामा पुगेको छ ।
पहिलो संसदवाट आफना सांसदहरु राजीनामा गराउने निर्णय ।
दोस्रो जेलवाट रवि लामिछाने निकाल्ने निर्णय गराउन बढाएको अनैतिक दवाव र गराएको रिहाई ।
यी दुवै निर्णय रास्वपालाई अहिले आफनो अनुहार देखाउन नसक्ने अवस्थामा छ ।
यी दुवै निर्णयका कारण रास्वपामा अहिले भित्रभित्र विवाद चर्केको छ । रास्वपाका सांसद असिम साहले पहिले राजीनामा घोषणा गरेका थिए । त्यसपछि सुमना श्रेष्ठ, निशा डाँगी हुँदै अन्य सांसदहरुको सामुहिक राजीनामा घोषणा गराएका थिए । त्यसपछि रास्वपामा नेताहरु विभाजित भएका छन् । कोही संसद विघटन गर्ने कोही यही संसद जोगाएर त्यसभित्रैबाट अहिलेको समस्या समाधान गर्नुपर्ने, नयाँ सरकार बनाउनुपर्ने बताउन थालेका छन् । समानुपातिकतर्फका सांसदहरु संसद विघटन तिर र प्रत्यक्ष जितेका सांसदहरु संविधान बचाउनका लागि भएपनि संसद जोगाएर जानुपर्ने पक्षमा उभिएका छन् ।
बुधबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीका तर्फबाट सार्वजनिक धारणा गलत भएको भन्दै आवाज उठेको छ । यस्तो धारणा राख्नेमा डा। स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सोविता गौतम, शिशिर खनाल, हरि ढकालसहितका सांसदहरू हुन् ।
उनीहरूले पार्टीको बैठक नै नराखी हचुवामा गरिने निर्णयले रास्वपालाई लोकतान्त्रिक धारमा उभ्याउन नसक्ने भन्दै संविधान र संसद्भित्रैबाट समाधान खोज्न दबाब दिएका छन् । राजीनामा दिने विषय र रविको रिहाईबारे पार्टीभित्रै मत बाझिएपछि पहिलो पटक लामिछाने झण्डै झण्डै अहिले अल्पमतको अवस्थामा देखिएका छन् । लामिछाने जेलबाट निस्कदा कारागार प्रशासनले दिएको पत्र र त्यसमा लेखिएको ब्यहोराले त्यो पत्र आन्दोलनको बलभित्र दवावमा लेखिएको र लामिछाने रिहाई भएको आम मान्छेलाई पर्न गएको छ । त्यक्तिमात्रै होइन, देशभर १३ हजार बढी कैदी बन्दीहरु लामिछाने रिहाईपछि उनलाई छोडने, हामीलाई किन नछोडने भन्दै विद्रोह गर्न थाले । जसको परिणाम धेरै जेलभित्रै रहनुपर्ने कैदीबन्दीहरु जेल बाहिर आए । यसको जिम्मेवारी रवि लामिछानेले लिनुपर्ने आवाज अहिले उठ्न थालेको छ ।
जेनजी पुस्ताले लामिछाने लाइृ त्यसपछि अश्वीकार गरेको र पार्टीलाई सांसदको राजीनामा र सभापतिको रिहाईले घाटा पुरयाएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको रास्वपाका एक् नेताले बताएका छन् ।
पार्टीमा विवादपछि सचिवालयले आधिकारिक डकुमेन्ट बनाउने जिम्मा पाएको छ । अब सचिवालयले तयार पार्ने आधिकारिक दस्ताबेजमा नेताहरूबाट समर्थन वा विरोध भएपछि केन्द्रीय समितिले अनुमोदन, सच्याएर अनुमोदन वा पुनर्लेखनको निर्णय गर्ने ती पदाधिकारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ भदौ २०८२, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको नवनिर्वाचित सांसदलाई अभिमुखीकरण, यस्तो छ कार्यतालिका
रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध
समानुपातिक सूचीप्रति रास्वपा कोशी कार्यवाहक अध्यक्षको असन्तुष्टि
रास्वपाका नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिइने
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?