काठमाडौं । लगातार तीन दिनदेखि तीव्र गतिमा ओरालो लागेको सेयर बजारमा आज एकाएक हरियाली छाएको छ । नेप्से परिसूचक ५०.५८ अंकले बढ्दै आज २६६५.९४ विन्दुमा पुग्यो ।
बजार खुलेदेखि उतारचढाव बेहोरेको नेप्से बजार बन्द हुँदा परिसूचक बढेको हो । आज ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेचमा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
ग्रीन विकास बैंक, अपी हाइड्रोपावर र मनकामना लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लाग्यो । सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।आज सबैभन्दा धेरै फाइनान्स, हाइड्रोपावर कम्पनी तथा विकास बैंकको सेयर करिब ४ प्रतिशतका दरले बढेको छ ।
गत विहीबार २ अंकले बढेको बजार त्यसपछि भारी अंकले गिरावट आएको थियो । गएको तनि दिनमा मात्र नेप्से परिसूचक २०४ अंकले बजार घटेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २८ अङ्कले बढ्यो, ७ अर्बको कारोबार
सेयर बजार बढ्दा कारोबार घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
सामान्य अंकले घट्यो नेप्से
सेयर बजार ‘स्थिर’, कारोबार रकम निरन्तर घट्दै
४ अंकले बढ्यो सेयर बजार