प्रदेश २ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १४ : ३०
प्रदेश २ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ ।

बर्दिबासस्थित आयोगको कार्यालय र केन्द्रबाट गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो ।

प्रदेश २ ले २०७५ साल मंसिरबाट सुरु गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका लागि साइकल खरिदमा करोडौं रुपैयाँको अनियमितता भएको सूचनाका आधारमा आयोगले छापा मारेको अख्तियार स्रोतले जनाएको छ । आयोगले मुख्यमन्त्री कार्यालयका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस