काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १०० रुपैयाँले घटेर कारोबार सुरु भएको बताएको हो ।
सुनको मूल्य हिजो मंगलबार तोलामा ३०० ले घटेको थियो । जसअनुसार, आज स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ ।
हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम थियो । यससँगै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले बताएको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?
सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा २८ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो