कपनबाट चार वर्षीय बालकको अपहरण

सफल खबर संवाददाता

मंगलबार, १२ असोज २०७८, १९ : ०८
कपनबाट चार वर्षीय बालकको अपहरण

काठमाडौँ । काठमाडौंको कपनबाट चार वर्षीय बालक अपहरण भएको छ । सोमबार दिउँसो साढे ४ बजे कपनका ४ वर्षीय पीयुष शर्मा अपहरणमा परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ। 

बालकलाई घरबाटै एक व्यक्तिले अपहरण गरेको र उनको पहिचान समेत भइसकेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार चिनेजानेको मानिसबाट बालकको अपहरण भएको हो । 

भारतको बिहारका शर्माको अपहरण भारतकै चिनेजानका मान्छेबाट भएको प्रहरीको भनाइ छ । परिवारले जानकारी दिएलगत्तै खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ। बालकको अपहरण गरी भारततर्फ भागेको आशंकामा प्रहरीले खोजी कार्य तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस