काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको मालघाटमा जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनामा सत्तारुढ गठबन्धन दलका विद्यार्थीहरूले नै आफ्नो पुत्ला जलाएको घटनाप्रति आपत्ति जनाएका छन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संघठनले बुझाएको ज्ञापनपत्र मन्त्रालयमा बुझ्दै मन्त्री खाँणले घटनाको सम्बन्धमा छानबिन समितिले अहिलेसम्मकै राम्रो प्रतिवेदन बुझाएको र त्यो प्रतिवेदन आफूले परराष्ट्र मन्त्रालयमार्फत भारतमा पठाए पनि सत्तारुढ दलकै विद्यार्थी संगठनले आफ्नो पुत्ला जलाएकोमा आपत्ति जनाए ।
‘१५ साउनमा जयसिंह धामी तुइन तर्दा भएको प्रकरणमा हामीले मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएर स्थलगत अध्ययनपछि राम्रै प्रतिवेदन तयार भयो । त्यो प्रतिवेदन गृहबाट परराष्ट्र हुँदै कुटनीतिक नोटमार्फत भारतसम्म पुगिसकेको छ । मलाई लाग्छ प्रतिवेदनमा जे उल्लेख हुनपर्ने हो त्यो सबै विषयबस्तु उल्लेख भएको छ,’ गृहमन्त्री खाँणले भने, ‘तर सत्तारुढ दलकै विद्यार्थीहरूले सम्पर्क र समन्वयबिना पुत्ला जलाउँदा अलि गाह्रो भयो । यस्ता विषयमा मसँग सम्पर्क र समन्वय गर्दा उपयुक्त हुन्थ्यो के भएको हो जानकारी मैले दिइहाल्थे ।’
उनले यस्ता विषयमा आफूलाई जतिबेला पनि सम्पर्क गरेर जानकारी लिन सकिने बताए । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा आएको टोलीले गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा जनतालाई चाडपर्वको बेलामा राहत दिने निर्णय गर्न, सार्वजनिक सवारी साधनमा अघिल्लो सरकारले बढाएको २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गरिएको छ । उनले ज्ञापनपत्रमा समेटिएका माग सम्बोधन गर्न पहल गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असोज २०७८, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा जवाफ दिँदै गृहमन्त्री
विपद् उद्दार कार्यमा सशस्त्र प्रहरीप्रतिको भरोसा बढ्दो छ : गृहमन्त्री लेखक
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौंमा, गृहमन्त्रीसँग भेटवार्ता
प्रकृति नियमले चल्छ तर हामी नियतले चल्न खोज्यौं भने क्षति धेरै हुन्छ : गृहमन्त्री लेखक
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैन : गृहमन्त्री लेखक