रिपोर्टर्स क्बल नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पार्टीको क्रियाशील सदस्यता विवाद क्रमशः टुङ्गिँदै गएकाले पार्टीको १४औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका हुन् ।
“६९ जिल्लाका क्रियाशील सदस्यता विवाद टुङ्गिसकेको छ, बाँकी आठ जिल्लाको पनि चाँडै टुङ्ग्याएर दशैँ अगाडि नै ७७ वटै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न हुन्छ”, उनले भने । महाधिवेशन तयारी अगाडि बढिसकेकाले समयमा नै महाधिवेशन सम्पन्न हुने उनको भनाइ छ ।
पूर्वमन्त्री लेखकले सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेको भनेर जनस्तरबाट आवाज उठ्नु स्वाभाविक भएको भन्दै अब एक÷दुई दिनभित्र सरकारले पूर्णता पाउने बताए । “यो गठबन्धनको सरकार भएकाले राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकाले सरकार विस्तारमा ढिलाइ भएको हो”, उनले भने ।
याे पनि नेपाली काँग्रेसको ५४ जिल्लामा पालिका अधिवेशन सुरु
नेता लेखकले अघिल्लो निर्वाचनमा कांग्रेसलाई प्रतिपक्षमा बस्ने जनादेश दिए पनि विशेष परिस्थितिमा कांग्रेस सरकार बनेको भन्दै १०० दिनसम्म कांग्रेस सरकारको बारेमा टीकाटिप्पणी गर्नु उचित नभएको बताए । कोभिड विरुद्धको लडाइँमा सरकारले प्रभावकारी काम गरेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ११ असोज २०७८, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन
गृहमन्त्रीको एक वर्ष : कानुनी सुधारको प्रयास
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण
नागरिकता विधेयकअसार १४ गते पास हुन्छ : गृहमन्त्री लेखक
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन
मन्त्रालयमा सुधारको काम गरिरहेको छुः गृहमन्त्री लेखक