रिपोर्टर्स क्बल नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पार्टीको क्रियाशील सदस्यता विवाद क्रमशः टुङ्गिँदै गएकाले पार्टीको १४औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका हुन् ।
“६९ जिल्लाका क्रियाशील सदस्यता विवाद टुङ्गिसकेको छ, बाँकी आठ जिल्लाको पनि चाँडै टुङ्ग्याएर दशैँ अगाडि नै ७७ वटै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न हुन्छ”, उनले भने । महाधिवेशन तयारी अगाडि बढिसकेकाले समयमा नै महाधिवेशन सम्पन्न हुने उनको भनाइ छ ।
पूर्वमन्त्री लेखकले सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेको भनेर जनस्तरबाट आवाज उठ्नु स्वाभाविक भएको भन्दै अब एक÷दुई दिनभित्र सरकारले पूर्णता पाउने बताए । “यो गठबन्धनको सरकार भएकाले राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकाले सरकार विस्तारमा ढिलाइ भएको हो”, उनले भने ।
याे पनि नेपाली काँग्रेसको ५४ जिल्लामा पालिका अधिवेशन सुरु
नेता लेखकले अघिल्लो निर्वाचनमा कांग्रेसलाई प्रतिपक्षमा बस्ने जनादेश दिए पनि विशेष परिस्थितिमा कांग्रेस सरकार बनेको भन्दै १०० दिनसम्म कांग्रेस सरकारको बारेमा टीकाटिप्पणी गर्नु उचित नभएको बताए । कोभिड विरुद्धको लडाइँमा सरकारले प्रभावकारी काम गरेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ११ असोज २०७८, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘विशेष महाधिवेशन पक्षधरसँग भइरहेका छलफलले सफलता पाउन सकेन’ : रमेश लेखक
बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक
रमेश लेखकमाथी दुईथरी दवाव : सभापति ‘नजानू’ भन्छन्, नेताहरू ‘जानुपर्छ’ भन्छन्
दुई साताभित्रै ओली-लेखकसँग बयान लिने जाँचबुझ आयोगको तयारी
काँग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ: रमेश लेखक
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन