काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार ५४ जिल्लामा पालिका अधिवेशन सुरु भएको छ ।
केही जिल्लाका पुरै पालिकामा अधिवेशन सम्पन्न भइसकेको र केहीमा सुरु भएको हो । शनिबार सम्पन्न नभएका पालिकामा जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई सहमतिमा नयाँ मिति तोकेर अधिवेशन गराउने जिम्मेवारी दिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने तयारी नपुगेको भन्दै आज पालिका अधिवेशन सुरु भएको छैन । तयारी पूरा भएपछि ती जिल्लामा पनि जिल्ला निर्वाचन अधिकृतले केन्द्रीय निर्वाचन समितिसँग सहमतिमा मिति तोक्ने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असोज २०७८, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस