तालिबानले अपहरण आरोपी चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्यायो

सफल खबर संवाददाता

आइतबार, १० असोज २०७८, १३ : ३०
तालिबानले अपहरण आरोपी चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्यायो

अफगानिस्तान । अफगानिस्तानमा अपरहरणको आरोप लागेका चार जनाको हत्यापछि सार्वजनिक स्थलमा शव झुन्ड्याइएको छ ।

हेरात शहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीको शवलाई सार्वजनिक स्थानमा झुन्ड्याए सार्वजनिक गरेका छन् ।

तालिबानका कारागार प्रमुख मुल्ला नूरुद्दिन तुराबीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्टै हेरात शहरको एक चौरमा चार जनाको शव झुन्ड्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरले जनाएका छन् ।

गत अगस्ट १५ मा अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले नरम शासन गर्ने बताउँदै आएकोमा फेरि मृत्यु दण्डको सजाय शुरू गरिएकोमा मानव अधिकारवादीहरुले आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस